चन्द्रपुरमा बढ्दो बेथिती,काम,कर्तव्य पुरा नगरेको भन्दै ज्ञापनपत्र

चन्द्रपुर,१९ माघ ।
रौतहटकै ठुलो र सुगम मानिएको चन्द्रपुर नगरपालीकाको हरेक क्षेत्रमा बेथिती मौलाएको भन्दै नागरिक समाजले ध्यानाकर्षण भएको जनाउदै ज्ञापनपत्र बुझाएको छ । समाजले आईतबार चन्द्रपुर नगरपालिकाको कार्यालयमा पुगेर चन्द्रपुर नपाका प्रमुख रामचन्द्र चौधरीलाई ७ बुंदे ज्ञापनपत्र बुझाएको हो । अब्यवस्थित बजार तथा सडक अतिक्रमण,सामुदायिक अस्पताल र सरकारी कार्यालयहरुमा ब्याप्त ढिलासुस्ती, भ्रष्टाचार, बढ्दो प्रदुषण, टिप्पर आतंक, जथाभावी यातायात पार्किङ लगाएतका बिषय सहित समाजले ७ बुंदे ज्ञापनपत्र नगरपालीकालाई बुझाएको हो । नगरपालीका कार्यालयको दायित्व भएर पनि ध्यान नदिएको र कर्मचारी देखी लिएर सबै आफ्नो काम,कर्तव्यबाट बिमुख भएको भन्दै समस्याहरुको निदान गर्नुपर्ने भएपनि कार्यालयले उचित ध्यान पु¥याउन नसकेको नागरिक समाज चन्द्रपुरको ठहर छ ।

ज्ञापनपत्रमार्फत मुख्य तथा सहायक सडकमा रहेको अतिक्रमण हटाई मुख्य सडकहरुमा ढल र पेटी निर्माणका साथै पूर्ण सरसफाईको माग गरीएको छ । यस्तै दोश्रो बुंदामा निर्माण समाग्री ढुवानी गर्ने सवारीका लागी बैकल्पिक बाटोबाट लैजाने ब्यवस्था मिलाउन माग गरीएको छ । यस्तै तेश्रो बुंदामा साना तथा ठूला सवारीको पार्कि« ब्यवस्थित बनाई हाटबजारको समुचित ब्यवस्थापन गर्न माग गरीएको छ भने चौथो, पाचौ, छैठौ र सातौ बुंदामा क्रमशः चन्द्रपुर सामुदायिक अस्पतालमा रहेको औषधि अभावको पुर्र्ती गर्न, प्रदुषण न्युनिकरणका लागी चन्द्रपुरलाई प्लास्टिक मुक्त सहर घोषणा गर्न, सरकारी कार्यालयहरुमा नियमित अनुगमन गर्न र नगरका उपयुक्त स्थानहरुमा आधारभुत सुबिधासहित उद्यान÷पार्क, पुस्तकालय र क्लबघर निर्माण गर्न माग गरीएको छ ।
चन्द्रपुरको सुधार र बिकाशका लागी गत माघ १५ गते बसेको अगुवा समाजसेवीहरुको भेलाले यस ज्ञापनपत्र तयार पारेको हो । आईतबार नागरिक समाजका अजयकुमार साह, ऋषिराम काफ्ले, भरत प्रसाद आचार्य, दिलबहादुर कोईराला, सुनिल कुमार साह, टिकाबहादुर घिमिरे र गिता भारतिले उक्त ज्ञापनपत्र नगरपालीकाका मेयर रामचन्द्र चौधरीलाई हस्तान्तरण गर्दै चा“डो भन्दा च“ाडो बेथिती हटाउनुपर्ने माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles