चन्द्रपुर। रौतहटको चन्द्रपुर १० स्थित बाल्चनपुरमा साईवर क्राईम न्युनिकरण तथा उद्धघोषण तालिम सम्पन्न भएको छ । सुप्रिम संचार प्रालिको चन्द्रपुरको आयोजना तथा चन्द्रपुर वडा न १० को सहयोगमा तालिम सम्प्पन भएको हो । चन्द्रपुर १० बालचनपुरमा रहेको श्री कृष्ण माध्यमिक बिद्यालयका करीव एकसय जना बिद्यार्थी लाइ तालिम दिइएको छ ।
तालिममा संचारकर्मी फणि महतल उद्धघोषण सम्बन्धि तालिम दिनु हुदै बिद्यार्थीलाइ व्यक्तित्व विकास संगै क्षमता अभिबृद्धिका लागि सहयोग पुग्ने र विभिन्न सभा, समारोह तथा समाजमा आफ्ना कुराहरु खुलेर राख्न क्षमताको विकास गरी सबल र सक्षम बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनु भयो । साथै उहा“ले पछिल्लो समय साईवर अपराध बढिरहेको भन्दै यसलाइ न्यूनिकरण गर्न विद्यार्थीहरुलाइ साईवर क्राइम सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरीएको बताउनु भएको छ ।
साईवर क्राईम सम्बन्धि तालिम अधिबक्ता बिपिन गौतमले कुनैपनि ब्यक्तिले जानाजान ईन्टरनेटको प्रयोग वाट अर्काको चरित्र हत्या गर्ने कुचेष्टा गर्नु, समाजमा हिंसा फैलाउने गतिविधि गर्नु, यौनजन्य हिंसा गर्नु, अर्काको पहिचान अनाधिकृत रुपमा प्रयोग गर्नु, क्रिडिट कार्ड वा एकाउन्ट आदीको चोरी गरि बैंकिङ कसुर गर्नु, कम्प्युटर, विद्युतिय उपकरण तथा नेटवर्कमा पुर्याइने क्षतिलाई साईक्रम क्राईम भएको अवगत गराउनु भएको थियो । तालिमको उद्घाटन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले यस्ता कार्यक्रमले समाजमा अपराध न्युनिकरण हुदै जाने बिश्वास व्यक्त गर्नु भएको छ ।
यस्तै चन्द्रपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देलले आगामी योजनाहरुमा यस्ता कार्यक्रमहरु सवै वडाहरुमा लैजानु पर्ने र समाजमा साइवर अपराध लाइ न्युनिकरण गर्दै लैजान सघाउ पुर्याउने बताउनु भयो ।
कार्यक्रमको समापन गर्नु हुदै चन्द्रपुर नपा १० का वडा अध्यक्ष जयराम चौधरीले बिधार्थी काल देखी नै साइवर क्राइम को बारेमा जानकारी दिने र निर्धक्क सग बोल्ने कलाको बिकास गर्ने उदेश्यले यस्ता कार्यक्रमहरु योजनामा राखेको बताउनु भएको छ ।
यस्ता कार्यक्रमले बिधार्थीमा आत्मबिश्वास बढ्ने र बढ्दो साइवर अपराध न्युनिकरण समेत हुदै जाने बिधालयका शिक्षकहरुले बताउनु भएको छ । सहभागीहरुले साइबर क्राइम र बोल्ने कलाको बारेमा जानकारी पाएको मा खुशी व्यक्त गरेका छन । तालिमको उद्घाटनमा जनसरोकार मिडिया प्रालिका अध्यक्ष प्रिमेश सिवाकोटी, पत्रकार सागर हुमागाई लगायतको उपस्थिती रहेको थियो ।