सभ्यता,बिनयशिलता,प्रागिगता र आत्मीय स्वच्छता नेपालको सांस्कृतिक धरोहरःराष्ट्रपति भण्डारी

मौलापुर । राष्ट्रपति बिद्यादेबी भण्डारीले सभ्यता,बिनयशिलता,प्रागिगता र आत्मीय स्वच्छता नेपालको सांस्कृतिक धरोहरहरु भएको बताउनुभएको छ । रौतहटको मौलापुर नगरपालिका ३ पतौरामा मधानी महायज्ञ तथा सांस्कृतिक कार्यक्रमको उद्धाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।
नेपाल बहुभाषिय,बहुजातीय र सांस्कृतिक सभ्यताको धनी देश भएकाले सबैले आफ्नो संस्कृतिको रक्षागर्न अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले महिला,बालबालिका तथा जेष्ठ नागरीक पैति सदैब सम्मान रहनुपर्ने बताउँदै प्रदेश २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री बेटी पढाउ,बेटी बचाउ अभियानको प्रशंसा गर्नुभयो ।
राष्ट्रपति भण्डारीले दाईजो,बालबिबाह,छुवाछुत जीता कुरीतिहरु समाजमा हालसम्म बिद्यमान रहेकाले यसलाई जरै देखी उखेलेर फाल्दै समुन्नत नेपाल निर्माणमा सबै जुट्नुपर्ने बताउनुभयो । उहा“ले समृद्ध नेपाल,सुखी नेपालीको राष्टिूय उदेश्य पुरा गर्न सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहा“ले पर्यटन विकासका लागी पुर्वाधार विकाश जरुरी रहेको बताउ“दै निजगढ अन्तराष्ट्रिय बिमानस्थल।फास्ट टूयाक,हुलाकी राजमार्ग समयमै निर्माण गरेर तराई मधेशलाई सम्पन्न बनाउन सके आन्तरिक पर्यटनमा टेवा पुग्ने बताउ“दै चुरे संरक्षणमा राज्य अझ बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहा“ले प्राकृतिक चपेटामा परेको तराई,मधेशका जिल्लाहरुमा नदि प्रणाली व्यवस्थित बनाउन सम्बन्धित पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताउ“दै अन्न भण्डार भनेर चिनिने तराईमा कृषिको आधुनिकिकरण र व्यवसायीकरण गर्न जरुरी रहेको बताउनुभयो ।
उहा“ले तराईका जिल्लाहरुले राजनीतिक परिवर्तनमा पु¥याएको योगदानको प्रशंसा गर्दै मौलापुर नगरपालिकाले संस्कृति जोगाउन गरेको प्रयासले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles