मौलापुर/ रौतहटको मौलापुर नगरपालिका ३ पतौरामा मधानी महायज्ञ तथा सांस्कृतिक कार्यक्रमको उद्धाटनमा आउनुभएका प्रदेश नं. २ का मुख्य मन्त्री लालवावु राउतले महिलालाई आर्थिक तथा प्रशासनिक गतिविधिमा पु¥याएर अधिकार सम्पन्न नबनाएसम्म समाज समुन्नत नबन्ने बताउनुभएको छ ।
उहा“ले ५० प्रतिशत महिला सिट आरक्षीत प्रदेशका रुपमा प्रदेश २ मात्र भएको बताउँदै छोरी शिक्षा बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानिय तहले तिन लाख थपेर ६ लाख बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
दलित,गरिब,मुस्लिम तथा विपन्न परिवारको जिवनस्तर उकास्न सकेमात्र समृद्ध प्रदेश बन्ने बताउ“दै उहा“ले प्रदेश सरकारले दलित शसक्तिकरण बिधयेक ल्याएको बताउनुभयो ।
जातिय छुवाछुत भावनालाई परिर्वतन र सुधार ल्याउन विधेयकलाई प्रथामिकता दिएको उल्लेख गर्नुभयो ।
उहाँले प्रदेश लाई माया गर्ने राष्टूप्रमुख पाएकोमा आभार व्यक्त गर्दै प्रदेश सरकारले मानविय सुचकांकमा पछि परेका प्रदेश २ का जिल्लाका लागी छुट्टै प्याकेज आवश्यक रहेकाले त्यसतर्फ प्रदेश सरकार गम्भिर रुपमा लागी परेको बताउनुभयो ।
मौलापुर नगरपालिकाका प्रमुख रीना देबी साहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशासकिय अधिकृत सिकेन्दर साहले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन पत्रकार संजय मिश्रले गर्नु भएको थियो ।