निष्ट कलेजद्धारा विद्यार्थीका लागि उत्प्रेरणा कार्यक्रम चन्द्रपुरमा समपन्न

चन्द्रपुर ७ फागुन
निष्ट कलेजद्धारा विद्यार्थीका लागि उत्प्रेरणा कार्यक्रम नेशनल स्कुल अफ साइन्स (निष्ट) को आयोजनामा एकदिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइइ) को तयारी गरिरहेका चन्द्रपुर नगरपालिकाका निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई निराजन मौदगल्यले प्रशिक्षण दिनुभएको थियो । विद्यार्थीहरुलाई आफुलाई कसरी नियन्त्रित गर्न सकिन्छ , आत्मअनुशासन कसरी कायम गर्ने , जीन्दगीका उतारचढावलाई कसरी सामाना गर्ने, पढाइमा कसरी ध्यान केन्द्रित गर्ने भन्ने लगायतका विषयहरुमा प्रशिक्षक मौदगल्यले प्रशिक्षण दिनुभएको थियो । विद्यार्थीहलाई पढाइ सँगसगै समय समयमा जीवनप्रति उत्प्रेरित गर्नसके उनीहरुले सफलता पाउन सक्छन् भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कलेजका प्रवद्धन विभागका सदस्य सुमन सुवेदिले बताउनुभयो । सँधै कक्षाकोठामा एकै किसिमको पढाइमा अभ्यस्त भएका विद्यार्थीहरुलाई यस्तो कार्यक्रमले पुर्नताजगी प्रदान गर्ने उहाँको विश्वास छ ।

कार्यक्रमको प्रमुख अतिथि रेडियो नेपालका समाचार प्रमुख तथा साहित्कार डाक्टर नवराज लम्सालले विद्यार्थीहरुलाई देश,आमा र शिक्षकलाई सदैव सम्मान गर्नुपर्ने भन्दै जीवनमा आउने सफलता असफलतालाई सहज ढंगले आत्मासाथ गरेर अगाडि बढेमात्र सफलता पाउने जिकीर गर्नुभयो । उहाँले विद्यार्थी जीवन भविष्य जीवनकालको महत्वपूर्ण समय रहेकाले यसलाई सही ढंगबाट डो¥याउन सके सफलता हात पार्न सकिने भन्दै आजको असल विद्यार्थी भोली राष्ट्रको सफल कर्णधार बन्न सक्ने सम्भावना अधिक रहेको धारणा राख्नुभयो । कलेजका संचालक÷प्रिन्सिल नाष्टका पूर्व वैज्ञानिक डाक्टर माधव प्रसाद बरालले निष्ट कलेजले सदैव गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको र विभिन्न परीक्षाहरुमा उत्कृष्ट नजिता निकाल्न सफल भएका विद्यार्थीहरुको पहिलो रोजाइको कलेज बन्न सफल भएको जिकीर गर्नुभयो । उहाँले विद्यार्थी भनेका काँचा माटोजस्तै भएकाले त्यो माटोलाई आकार दिने काम विद्यालयले गर्ने हुनाले विद्यार्थीले उच्च शिक्षाको लागि सही विद्यालय छनौट गर्नुपर्नेमा जोडदिदैँ विद्यार्थीहरुका लागि निष्ट कलेज एक उत्तम विकल्प हुनसक्ने बताउनुभयो ।


सो कलेलजे देशैभरीबाट प्रवेश परीक्षामा उत्कृष्ट गर्ने १ सय विद्यार्थीलाई पूर्ण छात्रवृतिमा पढाउने कलेलका प्रवद्धन विभाग सदस्य राज कुमार गुप्ताले जानकारी दिनुभयो । चन्द्रपुर नगरपालिकाका विद्यार्थीहरुका लागि यहीँ फागुण १९ गते चन्द्रपुर ६ मा रहेको बाल निकेतन माविमा प्रवेश परीक्षा लिन लागिएको उहाँले बताउनुुभयो । कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले सो परीक्षामा सहभागिता जनाउन सक्ने उहाँको भनाइ छ । सो उत्प्रेरणा कार्यक्रममा चन्द्रपुर नगरपालिकाका बाल निकेतन मावि, नमुना आवासिय मावि, माउण्ट एभरेष्ट मावि, चन्द्रज्योति इङ्लिस आवासिय मावि, तराइ जोन एकेडेमी, न्यूझरना आवासिय मावि, होलिभिजन एकेडेमी, एभरग्रीन आवासिय मावि, मुनलाइट एकेडेमीमा कक्षा १० मा अध्ययनरत २ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । चन्द्रपुर ५ मा रहेको गौतम होटलको सभाहलमा सम्पन्न सो कार्यक्रममा प्याव्सन प्रदेश नम्बर २ का वरिष्ठ उपाध्यक्ष दिपक रेग्मी, प्याव्सन केन्द्रिय सदस्य केवी थापा, माउण्ट एभरेष्ट आवासिय विद्यालयका संस्थापक उमेश बाँस्कोटा लगायत विभिन्न विद्यालयका शिक्षक प्रतिनिधीहरुको उपस्थिती रहेको कार्यक्रम संचालक प्राज्ञी लामिछानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles