चन्द्रपुर,३ चैत ।
चन्द्रपुर नपा १ मा रहेको हातेमालो सामुदायिक वनमा बैज्ञानिक वन व्यबस्थापन कार्यक्रम सुरु भएको छ । बैज्ञानिक वन व्यबस्थापन गर्ने उदेश्यले गरिएको कार्यक्रमको उद्घाटन प्रदेश संसद धनलाल ठोकरले गर्नुभएको थियो ।
दुइ सय एकासि दशमलब छ हेक्टर क्षेत्रफलमा फैलिएको हातेमालो सामुदायिक वनमा यस आर्थिक बर्ष ०७६÷०७७ को सब कम्पार्टमेन्ट बि २ को कुप् नं ३ अन्तर्गतका २२६ रुखहरु काटिने तथा ५५ वटा माउ रुखहरुलाइ संरक्षित गरिने भएको छ । सो कार्यक्रममा डिभिजन वन कार्यालयका अधिकृत राम प्रसाद साह ,सहायक अधिकृत महेन्द्र प्रसाद जयसवाल तथा सामुदायिक वन नगर महासंघका अध्यक्ष राम बहादुर घलान लगाएतको उपस्थित रहेको थियो ।


