चन्द्रपुर÷बादर आतंकले खाद्यान्न बाली सखाप पारेको भन्दै स्थानीयले गुनासो गरेका छन् । मुलुकका विभिन्न जिल्लामा बा“दर आतंकले अन्नबाली सखाप पारेको भन्ने समाचार आईरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिका ७ मा पनि यस्तो गुनासो आएको हो ।
चन्द्रपुर ७ बनबहुअरीका किसानहरुले बा“च्नका लागी खानुपर्ने तर खानका लागी लगाईएको अन्न तथा तरकारी बा“दरले नष्ट गरिदिएको भन्दै यसको समाधानका लागी अनुरोध गरेका हुन् । खेतबारीको अन्न र फलफूलदेखि घरमै राखेको खानेकुरा पनि बाँदरको झुण्डले खाने गरेको स्थानीय सुन्दर पराजुलीले बताए । दैनिकजसो ५० भन्दा बढि हुल बा“धेर आउने बा“दरका कारण फलफूल लगाउन, बिस्कुन सुकाउन र अन्नबाली भकारीमा थन्काउन समेत नपाएको किसानहरु बताउ“छन् ।
केही महिनायता बाँदरले दुःख दिने गरेको भएपनि स्थानीय सरकारले नियन्त्रणका लागि खासै चासो नदिएको नागरिकको गुनासो छ । तत्काल बा“दर नियन्त्रण गर्न नसके अन्नबाली लगाउन छाड्नुपर्ने अबस्था सिर्जना हुने किसानहरुको गुनासो छ


