मदिरा सेवनबाट मृत्युःपरिवारले पाउने भए ३ लाख

जनकपुरधाम÷ मदिरा सेवनबाट मृत्यु भएका परिवारले राहत पाउने भएका छन् । प्रदेश २ सरकारले मृतकका परिवारलाई ३÷३ लाख राहत उपलब्ध गराउने भएको छ । श्रीरेश्वरनाथ नगरपालिका रमदैया पुगेर मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै रातह उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
विषाक्त मदिरा विक्रीवितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने प्रतिवद्धता जनाउनु हुँदै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो । उहा“ले प्रदेश सरकार चा“डै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तयारीमा रहेको समेत बताउनुभयो । रमदैया पुगेको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सोमबारनै सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles