नुनथर क्षेत्र:सौन्दर्यकरण तथा सरसफाइ गर्ने काम तिव्र गतिमा

बागमती। प्रदेश २ कै धार्मिक तथा पर्यटकिय गन्तव्य रौतहटको चन्द्रपुर १ मा रहेको नुनथर क्षेत्रको मुहार फेरीदै गएको छ ।
नगरपालिका तथा तराइ मधेश समृद्धी कार्यक्रम अन्र्तगतको बजेट बाट पछिल्लो समय नुनथर क्षेत्रमा बिभिन्न भौतिक निमार्ण तथा शौदर्यकरणको कार्य भैरहेको छ ।
ननथर क्षेत्र घुम्न आउनेहरुको लागी गाडी पार्किङ्ग स्थलन निमार्ण, पर्खाल , सवै पिकनिक स्पटहरुमा अण्डरग्राउण्ड बिधुत बिस्तार , ६ सय मिटर लामो व्लक राखेर पैदल मार्ग , खानेपानीको व्यवस्था गर्नुका साथै सरसफाइको कामलाइ अगाडी बढाइएको छ ।
यस क्षेत्रलाइ प्रदेशकै नमुना र धार्मिक पर्यटन लाइ बिकास गर्नका लागी नुनथर क्षेत्रको बिकास र शौर्दयिकरणका लागी कामहरु भैरहेको नुनथर क्षेत्र बिकास समितीका अध्यक्ष राम कुमार भट्टराईले जानकारी दिएका छन ।
पछिल्लो महिनाहरुमा नुनथर क्षेत्र घुम्न आउनेहरुको सख्या धेरै बढेको र आगुन्तकहरु लाइ सरसफाइमा सहयोग गर्न समेत आग्रह गरीएको समितीका सदस्य समिरबाबु कार्कीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles