१९ चैत २०७६
काठमाडौं स् नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बुधबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच भेटवार्ता भएको हो।
कोभिड(१९ कोरोना भाइरस नियन्त्रणका लागि चीनबाट खरिद गरेको स्वास्थ उपकरण र औषधिकाबारेमा मिडियामा आएको चर्चाको बिषयमा छलफल भएको प्रचण्डको नीजि सचिवालयले जानकारी दिएको छ। त्यस्तै भेटमा दार्चुलालगायत भारतिय सीमामा रहेका नेपालीहरुको समस्याबारेमा पनि छलफल भएकव थियो।
त्यस्तै भेटमा कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनले किसान मजदुर र विपन्न वर्गमा मार परेकाले राहत र व्यस्थापनको बिषयमा पनि छलफल भएको थियो।
साभार अन्नपुर्ण


