लकडाउनःभारतमा बैशाख २१ सम्म,नेपालमा कहिलेसम्म ?

रौतहट,२ बैशाख। कोरोना भाईरससंग लड्न छिमेकी मुलुक भारतले ३ मे सम्म लकडाउन थप गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै ३ मे अर्थात बैशााख २१ ग्तेसम्म लकडाउन थपएिको घोषणा गरिसकेका छन् । नेपालमा पनि लकडाउनको अवधि सकिनै लाग्दा आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । तर समय भने निश्चित भइसकेको छैन । मन्त्रिपरिषद बैठकले लकडाउन अवधि कति दिन थप्ने भनेर निर्णय लिनेछ । कोरोना संक्रमित देखिने क्रम झन् बढ्दै गएपछि सरकारले लकडाउन अवधि लम्ब्याउन खोजेको हो । भारतले करिब ३ साता लकडाउन लम्ब्याएपछि नेपालले पनि १ वा २ साता लम्ब्याउन सक्ने आँकलन गरिएको छ । दोस्रोपटक थपिएको लकडाउन अवधि भोलि बुधबार सकिँदै छ । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गर्दै आएको छ । नेपालमा अहिलेसम्म १४ जनामा कोरोना पोजिटिभ देखिएको छ । सात हजार १७७ क्वारेन्टाइनमा बसेको छन् । वेबसाइट र मोबाइल एपमा आफैं परीक्षण गराएका १३ जना आज ‘रेड जोन’मा परेका छन् । अहिलेसम्म २१९ जना रेड जोनमा परेका छन् । अहिलेसम्म १०३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा नौ जना र बाँकी ९४ जना बाहिर रहेका छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ्मा दुई, काठमाडौँमा दुई, पर्सामा तीन र रौतहटमा एकजना सङ्क्रमित फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles