गुजरा नगरपालिकाद्वारा राहत वितरण

भवानीपुर,२ बैशाख । रौतहटको गुजरा नगरपालिकाले राहत वितरण सुरु गरेको छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण दैनिक मजदुुरी गरेर परिवार चलाउने गरीब तथा विपन्न परिवार बढी प्रभावित भएपछि नगरप्रमुख सन्तलाल चौधरीको अगुवाईमा राहत बितरण सुरु गरिएको नगरपालिकाले जानकारी दिएको छ । मेयर चौधरी, उपमेयर रौशन खातुन र प्रमुख प्रशासकिय अधिकृत नन्देश्वर चौधरीको विशेष सकृयतामा राहत बितरण सुुरु गरीएको हो । उक्त वडामा रहेका गरिव ,दलित ,तथा ज्याला मजदुरी गरेर जिविका चलाइरहेका विपन्न परिवारलाई राहत वितरण गरिएको हो । गुुजरा नगरपालिकाको वडा २ मा सोमबार र मंगलबार गरी कुल ७ सय ८६ परिवारलाई राहत बितरण भईरहेको वडा अध्यक्ष अशोक खाँ थारुले जानकारी दिनुुभयो ।
यता वडा ५ मा तिनसय २४ परिवार र वडा ९ मा ५ सय ५७ परिवारलाई राहत बितरण गरीएको छ । राहतमा प्रती परिवार २५ किलो चामल,२ किलो दाल,१ लिटर खानेतेल,१ पाकेट नुन बितरण भईरहेको नगरप्रवक्ता शेख आरिफले बताउनुु भएको छ ।गुजरा नगरपालिका अन्तरगत गरीब ,विपन्नको संख्या बढी रहेकाले कार्यपालिकाको निर्णय अनुसार कुल ५ हजार ५ सय परिवारलाई राहत बितरण गरीने नगरप्रमुख सन्तलाल चौधरीले जानकारी दिनुुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles