रौतहट ४ बैसाख // नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम संघिय सासद प्रभु साहले झुठा मुद्दा चलाएर निर्दोषलाई फसाउने काम स्वीकार्य नहुने बताएका छन। रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहनु भएका अध्यक्ष साहले रौतहटमा भएका दुई घटनाका बिषयमा बिज्ञप्ती मार्फत आपत्ती जनाएका छन । रौतहटको दाजुभाइ इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवारसहित उद्योगका कामदारहरुमाथि आक्रमण भएको र पछि उनीहरुमाथि नै मुद्दा दर्ता भएकोप्रति अध्यक्ष साहले अापति जनाएका हुन ।
यही चैत्र २ गते रौतहटको गरुडास्थित दाजुभाइ इट्टा उद्योगमा आक्रमण भएको थियो । पीडितलाई न्याय दिलाउनुको सट्टा रौतहट जिल्ला अदालतमा इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवार सहित झन्डै ४० जनामाथि उल्टै डाँका, शरीर बन्धक तथा अपहरण मुद्दा दायर भएको छ । घटनामा नै नभएका विषयमा काल्पनिक वरदात बनाएर अपराधिक कार्यलाई ढाकछोप गर्न झुठा मुद्दा चलाउने गृह प्रशासनको कार्य निन्दनीय छ ।उनले भनेका छन । अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ । तसर्थ यस विषयमा नेपाल सरकारले छानबिन गरी दोषीलाई तुरुन्त कारवाही गरोस् भन्ने माग गर्दछु । बिज्ञप्तिमा भनिएको छ ।

गत हप्ता नेपाल प्रहरीद्वारा रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालगायतका केही व्यक्तिहरुलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी पठायो । अपराधिक कार्यमा कुनै संलग्नता नै नभएको मेयरलगायतका निर्दोष व्यक्तिलाई बिना प्रमाण पक्राउ पुर्जी काटिएको बिज्ञप्तिमा उल्लेख छ । तथ्य र प्रमाण बिना गलत नियतबाट नगरको मुख्य नेतृत्वलाई यसरी ह्रासमेन्ट गर्नु कतिको न्यायसंगत छ । अहिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनमा ईशनाथ नगरपालिका अस्तव्यस्त छ । अध्यक्ष साहको विज्ञप्तिमा भनिएको छ, मेयर विहिन स्थितिमा कोरोना पोजेटिभ बिरामीको उपस्थितिले आम जनता आतंकित एवम् त्रसित अवस्थामा छन । यो गम्भीर अवस्था निर्माणको जवाफदेहिता कसले लिने ? के नेपाल प्रहरी यस्तो विषयमा गम्भीर हुनुपर्दैन ? यसमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु अध्यक्ष साहले बिज्ञप्ति मार्फत भनेका छन ।



