रौतहटमा कोरोना सन्क्रमितको संख्या १८१ पुग्यो

रौतहट, १६ जेठ/ रौतहटमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या १८१ पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरु मध्ये राजपुर नगरपालिकाका ३३ जना , इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै स्थानिय पालिकाहरुका क्वारेन्टाइमा रहेका छन् । संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिती सामान्य रहेको तथा संक्रमितहरुलाई गरुडा नगरपालिका स्थित प्रहरी स्कुलमा निमार्णाधिन आइसोलेसनमा राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा शुक्रबार दिउँसोसम्म क्वारेन्टाइमा बस्नेको संख्या ६ हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानिय तहमा रहेका क्वारेनटिनमा ६ हजार ४ सय ३९ जना रहेका छन् । जसमध्ये ६ हजार १ सय ३३ पुरुष र ३ सय ६ महिला रहेका छन् । जिल्लामा भारतमा रहेका करिब १० हजार बढि जिल्लावासी घर फर्कने स्थानिय प्रशासनको अनुमान रहेको छ । अझैपनि स्वाव परीक्षणको रिर्पोट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्थानिय प्रशासनले क्वारेन्टाइन क्षेत्रमा स्थानियको आवजावत बढेपछि सो क्षेत्रको २ सय मिटर वरपर निधेषाज्ञा जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles