एम्बुलेन्समा चरेस तस्करी गर्ने तीन पक्राउ

सर्लाही,२५ जेष्ठ। एम्बुलेन्समा चरेस राखेर भारत लैजान लागेका तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान सर्लाहीको मलंगवा नगरपालिका ८ मा ज.१ च १४०७ नम्बरको एम्बुलेन्स जा“च गर्दा आठ किलोग्राम चरेस भेटिएपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मलंगवाका एम्बुलेन्स चालक मोहन राय यादव र नथुनी ठाकुर रहेका छन् । सर्लाहीका डिएसपी मदन कु“वरले पक्राउ परेका उनिहरुले उक्त चरेस भारतको सोनवर्षा लैजान लागेको जानकारी दिए । त्यस्तै सर्लाही प्रहरीले शनिबार नै लागू औषध ओसारपसारमा संलग्न अर्का एक जनालाई पक्राउ गरेको थियो । शनिबार राति साढे ११ बजे ३७ वर्षीय राम दुलार रायलाई पक्राउ परेका थिए ।
उनलाई पक्राउ गरी सोधपुछ गर्दा लागू औषध भारततर्फ लैजान लागेको बताएपछि आइतबार बिहान थप दुई जनालाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको डिएसपी कु“वरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles