रौतहटमा संक्रमितको संख्या ४ सय १० पुग्यो

गौर,२६ जेठ । रौतहटमा सोमबार १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
जिल्लाको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन् । सोमबार १० जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या ४ यस १० पुगेको छ ।
क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रौतहटको राजपुर र इशनाथमा सबै भन्दा बढी संक्रमित भेटिएका छन् । संक्रमण पुष्टि भएका सबै भारत बाट फर्किएर हाल क्वारेन्टिनमा बसेका नेपालीहरु रहेका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg