रौतहट २८ असार //
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले करीव एक महीना यता बरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ ।
विभिन्न मितिमा बरामद गरेको करीव २५ सय लिटर घरेलु मदिरा नष्ट गरिएको डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन ।
चन्द्रपुरका विभिन्न समयमा घरेलु मदिरा उत्पादन गर्दै गरेको अबस्थामा घरमा बरामत गरेका तथा बिभिन्न समयमा पटक–पटक चन्द्रपुरको बिभिन्न टोलबाट र अटो रिक्शा,म्याजिक,बस बाट बरामद गरेको घरेलु मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि हेम बहादुर शाहीले जानकारी दिनु भएको छ ।
घरेलु मदिरा उत्पादन र सेवन गर्न समेत रोक लगाउन प्रहरी सकृय भए संगै घरेलु हिंसा,झैझगडा मा कमि भएको छ।



