रौतहटमा बाढिको त्रास,बस्तीमा पस्यो पानी

असार २९ रौतहट। चार दिन देखि परेको अबिरल बर्षाका कारण रौतहट जिल्लाको धेरै स्थान जलमग्न भएका छन् । जिल्ला सदरमुकाम गौरमा रहेको जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालय अगाडि २ फिट पानी जमेको छ ।लालबकैयामा र बागमति खोलामा जलस्तर बढेपछि जिल्लाका दक्षिणी भुभाग जलमग्न बनेका छ्न । भने पानीको वहाव उच्च रहेको छ । ३ दिन देखि भइरहेको लगातारको वर्षा का कारण भइरहेको छ । गौर २ महादेवपट्टीमा दुई वर्ष अघि भत्कीएको बाँध मरम्मत नहुदा सो स्थान बाट सदरमुकाम गौर तर्फ बाढीको पानी पस्न थालेको छ । लाल बकैया नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउदा ईशनाथ नगरपालिका १ को बन्जरहा डुबानमा परेको छ । बन्जरहामा डुबानमा परेका तिन सय घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए । यसै गरी राजपुर नगरपालिका ८ बलुवा टोलमा पनि बाढीको पानी पसेको छ । बलुवा टोलका २० घरमा लालबकैयाको बाढी पसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गौर नगरपालिकाकै महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी पस्न थालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी श्रेष्ठले बताए । वर्षा नरोकिए बाढीको पानीले अन्य बस्तीहरु पनि डुबानमा पर्ने खतरा बढेको छ । गौर चपुर सडक खन्डको सबगढामा रहेको लच्का माथी बाट पानी बग्दा आवगमनमा समस्या आएको छ । गढिमाई नपा,दुर्गा भगवती गाउँपालिकामा पनि बस्तीमा पानी पसेको छ । रौतहट र सर्लाहीका तटिय क्षेत्रका बासिन्दालाइ सजग रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles