आरडिटी परिक्षण पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु

पर्सा,११ साउन । कोरोना भाइरसका कारण बिरगंजमा एक जनाको मृत्यु भएको छ । आरडिटी परिक्षणमा पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु भएको हो ।आर्दशनगर घर भएका ६५ वर्षिय पुरुषमा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिबार राती भर्ना गरिएको थियो । पहिलेदेखि मुटु रोगको बिरामी रहेका र श्वासप्रश्वासमा समस्या देखिएका उनको गण्डक अस्पतालमा राती मृत्य भएको अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहले जानकारी दिनुभयो । पिसिआर परिक्षणका लागि शनिबार नै उनको स्वाब संकलन गरिएको र आज रिर्पोट आउने डा. सिंहले बताउनुभयो । पर्सामा समुदाय स्तरमानै कोरोना भाइरसको संक्रमण बढन थालेपछि शनिबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles