“कहिँ नभएको जात्रा चन्द्रपुरमा”

चन्द्रपुर। रौतहटमा १६ नगरपालिका र २ गाँउपालिका गरेर १८ स्थानीय तह रहेका छन् । हरेक स्थानीय तहमा केही न केही विवाद छन् । प्राय नगर प्रमुख र उपप्रमुखबिच विवाद भएपनि कार्यकारी प्रमुख को ल्याउने र कसलाई हटाउने भन्नेमा एकमत हुने गरेको पाईएको छ । यस्तै भएको छ जिल्लाको ठुलो मानिएको चन्द्रपुर नगरपालिकामा । एक तवरले मानौं कर्मचारीको पक्ष र विपक्षमा जनप्रतिनिधि उभिएका छन् । १० वटा वडा रहेको चन्द्रपुर नगरपालिकाका नौ जना वडा अध्यक्षले चन्द्रपुर नगरपालिका लाई आफै उत्कृष्ट नगरपालिका समेत ठह¥याउन पछि हटेनन् वडाअध्यक्षहरुलाई साथ दिनेमा अरु ९ जना कार्यपालिका सदस्य समेत छन् ।
ऋाखिर कुरा बुझ्दै जाँदा चन्द्रपुर नगरपालिकाको कार्यालयमा सरुवा भई आउन लागेका प्रमुख प्रशासकिय अधिकृत सुमन कार्कीको सरुवा बदर गराउन उनीहरुले उत्कृष्ट चन्द्रपुर नगरपालिकामा काम चलाउ प्रमुख प्रशासकिय अधिकृत बाट बिकास निर्माण, सामाजिक बिकास,साथै प्रशासकिय कार्यमा समेत सुधार आएको भन्दै निरन्तरता दिनको लागि चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी लाई ज्ञापन पत्र बुझए बोधार्थ संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयमा समेत दिएका छन उता कार्कीले भने भाद्र ३ गतेनै नीजगढ नगरपालिकामा सरुवा गराईसकेका थिए । नौ वटा वडाअध्यक्ष र कार्यपालिका सदस्यले चन्द्रपुर नगरपालिकाका प्रमुख चौधरी लाई ज्ञापन पत्र बुझाउने क्रममा बिकास निर्माण अबरुद्ध हुने सम्मको धम्किपुर्ण शब्द समेत प्रयोग गरेको नगरपालिका स्रोतले जनाएको छ ।
क—कसले गरे ज्ञापनपत्रमा हस्ताक्षर

ज्ञापन पत्र बुझाउनेमा चन्द्रपुर नगरपालिकाका वडानम्बर १ का अध्यक्ष बीर बहादुर राना, वडानम्बर २ का अध्यक्ष दुत बहादुर थिङ्ग, वडानम्बर ३ का अध्यक्ष बोधनाथ देबकोटा, वडानम्बर ४ का अध्यक्ष अमर आले, वडानम्बर ६ का अध्यक्ष खडक कुश्वाहा, वडानम्बर ७ का अध्यक्ष बिष्णु उप्रेती, वडानम्बर ८ का अध्यक्ष पासपात चौधरी, वडानम्बर ९ का अध्यक्ष गोबिन्द दुलाल, वडानम्बर १० का अध्यक्ष जयराम चौधरी यसैगरी कार्यपालिका सदस्य काजीमान माझी, सुना कार्की, प्रेमा कुमार तिमल्सिना, दुर्गा आचार्य, बिन्दा राम, उपेन्द्र राम, शान्ति बिक, सरस्वती खुलाल रहेका छन । उनिहरु ज्नप्रतिनिधि भएपनि मन्त्रालयले जिम्मेवारी तोकेर पठाएको कर्मचारीलाई हाजिर गराउन नदिन आर्थिक चलखेलनै चुरो कुरो रहेको नगरबासीले आरोप लगाएका छन् । यस अघि पनि यस्तै घट्ना घटेको थियो कार्यपालिकाका सदस्यहरुले प्रमुख प्रशासकिय अधिकृत पुरुशोतम घिमिरेको सरुवा गराएका थिए । त्यसपछि शिक्षा शाखाका प्रमु कृष्ण प्रसाद सिग्देल निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाईए र फेरी उनैलाई दोहो¥याउन वडाध्यक्ष र अन्य कार्यपालिका सदस्य कम्मर कसेर लागेका कारण चन्द्रपुर नगरपालिकाको चर्काे आलोचना हुन थालेको छ ।
चुरे कुरा यस्तो रहेछ
चन्द्रपुर नगरपालिकाले नगर सभा सम्पन्न गर्न कोरोना जोखिम भत्ता बितरण गरेको रहेछ । गत असार १० गते नगर सभाको उद्घाटन गरि साउन २३ गते सम्पन्न गर्नका लागी हात हातमा पैसा बाँडिएको रहेछ । खाता सञ्चालनमा नरहेपनि अन्य ब्यक्तिसंग सापटी लिएर नगर सभाका सदस्यहरुलाई कोरोना जोखिम भत्ता तथा यातायात खर्च समेत बितरण गरिएको छ । नगरपालिकाका कर्मचारी दामोदर काफ्ले माफर्त ब्यक्तिसंग सापटी लिइ जनप्रतिनिधिहरु र सदस्य सचिब प्रमुख प्रशासकिय अधिकृत सहित ५४ जनालाई करकट्टि गरि ६ हजार ३ सय २५ रुपैया जोखिम भता र बाटो खर्च भन्दै ६ सय ७५ गरी ७ हजार नगदको दरले ३ लाख ४१ ह्जार ५ सय ५० रुपैंया झ्वाम भएको रहेछ । त्यतीमात्र नभएर नगरसभा सम्पन्न गर्न भुमिका खेलेको भन्दै चन्द्रपुर नगरपालिकाले ३८ जना कर्मचारीलाई एक हजार भता र प्रत्येक कर्मचारीलाई ब्याग समेत बितरण गरेर आर्थिक दोहन गरेको छ । कोरोना भाईरसको संक्रमण बढेपछि सरकारले गत चैत्र ११ गते देखि देशभर लकडाउन गर्दाको चार महिनाको अबधिमा चन्द्रपुर नगरपालिकाले घर बिदामा बसेका कर्मचारीलाई समेत पैसा बाँडेका कारण अर्काे अधिकृत हाजिर भएमा सबै फिर्ता गर्नुपर्ने डरले कार्कीलाई हाजिर हुन नदिएको स्पष्ट भएको चन्द्रपुरका युवा नरेश लामिछानेले बताए । पैसा लिने र दिने दुबे नमिल्नुको विकल्प नदेखेपछि चन्द्रपुरमा यो नाटक मञ्चन भएको उनको तर्क छ । येस्तै हर्कत जारी रहने हो भने जनताले तिरेको करमा ब्रम्हलुट मचाउने जनप्रतिनिधिलाई जनताले एक एक हिसाब खोज्ने पक्का रहेको उनको तर्क छ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg