बलात्कार आरोपित प्रहरीको हिरासतबाट फरार

भाद्र १५,रौतहट — जबरजस्ती करणी अभियोगमा गौरस्थित प्रहरी हिरासतमा रहेका एक थुनुवा सोमबार राति साढे ७ बजेतिर फरार भएका छन् । प्रहरीले अनुसन्धानका लागि म्याद थप गरेकै दिन गौर नगरपालिका ४ का २२ वर्षीय रोहितकुमार यादव फरार भएका हुन् ।
गाउँकै एक १७ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई सोमबार म्याद थपेर कोरोनाको पीसीआर परीक्षणका लागि प्रहरीले टेलिकम नजिकको एक घरमा क्वारेन्टाइनका रुपमा राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

पीसीआर रिपोर्ट नआएसम्म प्रहरीले पक्राउ परेकालाई क्वारेन्टाइनको रुपमा कडा सुरक्षामा बाहिर राख्ने गरेको छ । यादव पनि सुरक्षा घेराबीचबाट फरार भएका हुन् । शौचालयको झ्यालबाट उनी फारर भएको प्रहरी स्रोतले बताएको छ फररार भएको यादवको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटका डिएसपी भरत श्रेष्ठले जानमनरी दिनु भयो।यसअघि पनि जिल्ला कारागारबाट एक कैदी विद्युतको लाइन कटेको मौका छोपेर फरार भएका थिए।
यस अघि पनि एक कैदि कारागारबाट बिघुत कटेको मौका छोपी फररार भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles