हिरासतमा यातना दिएको आरोपमा ३ प्रहरी निलम्बनमा

रौतहट,१६ भदौ केहि दिन अगािड रौतहट प्रहरीको यातनाबाट १९ वर्षिय विजय महराको मृत्यु भएपछि आज गृह मन्त्रालयले तीनजना प्रहरीलाई निलम्बन गरेको छ । गृहमन्त्रालयको सचिब स्तरिय निर्णय बाट जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एक जना प्रहरी निरिक्षक र प्रदेश २ प्रहरी कार्यालय बाट दुई जना प्रहरी हवल्दार लाई निलम्बन गरेको छ । साउन ३१ गते राती गरुडा नगरपालिका वडा नम्बर ८ बसविट्टी जिंगडिया निबासी २० वर्षिय निरन्जन रामलाई घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका बिजय महरा लाई ती तीनै जना प्रहरीले यातना दिएको आरोपमा गृहमन्त्रालयले निलम्बन गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी प्रमुख रविराज खड्काका अनुसार महरालाई हिरासतमा सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालयमा रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह, प्रहरी हवल्दार फिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मुन्ना कुमार सिंह रहेका छन् । प्रहरी निरिक्षक सिंहलाई प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरि दिन लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई गृह मन्त्रालयको भदौ १५ गतेको सचिवस्तर निर्णयानुसार निलम्बन गरिएको तथा प्रहरी हवल्दारद्वय मियाँ धुनिया र सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको भदौ १५ पत्रबाट ६ महिनाको लागि निलम्बन गरिएको खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles