डिएसपी भुजेलको सक्रियता,१४ टिफर नियन्त्रणमा

चन्द्रपुर । रौतहटमा सशस्त्र प्रहरीले १४ वटा टिफर नियन्त्रणमा लिएको छ ।सुक्रबार बिहान चन्द्रपुर १ स्थित बागमति खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ उथ्खनन गरि ओसारपसार गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुरले नियन्त्रणमा लिएको हो ।पक्राउ गरिएको सबै टिफर जिल्ला समन्वय समिती,रौतहटमा बुझाएको सन्तपुर बेस क्याम्पका प्रमुख डिएसपी बिकाश भुजेलले जानकारी दिनुभयो । असार मसान्तमै खोलाको ठेक्का अवधी सकिएको भएपनि विभिन्न खोलाबाट अबैध निकाशी भइरहेको जानकारी प्राप्त भएपछि आफ्नो कमान्डमा रातिनै खोलामा निगराणी राख्ने क्रममा शुक्रबार बिहान टिफर नियन्त्रणमा लिन सफल भएको डोएसपि भुजेलले जानकारी दिनुभयो । जिल्लामा निशेधाग्या जारी रहेको अवस्थामा अबैध खोला दोहन गर्ने गिरोह सक्रिय रहेको र चन्द्रपुर देखि गौर सम्म राजमार्गमा रहेका दर्जनौं प्रहरी चौकीले सुइको नपाउनु अर्थपुर्ण रहेको स्थानियबासिन्दाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles