कांग्रेस एक नभए कम्युनिष्टले देश सक्ने सांसद तिमलसिनाको भनाई

रौतहट,२४ भदौ । जननायक विपी कोईरालाको १०७ औं स्मृती दिवसमा रौतहटमा बृक्षारोपण गरिएको छ । विपि कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समिति रौतहटको आयोजनामा जिल्लाको चन्द्रपुर ४ टेकानटोल स्थित विपि वन वाटिकामा ५ सय बोटबिरुवा रोपिएको मञ्चका जिल्ला अध्यक्ष अधिकार लामिछानेले बताए । बृक्षारोपण कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमलसिनाले विपीको विचार र सिद्धान्तमा नेपाली कांग्रेस अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस पनि गुटको राजनीतिमा फस्दै गएका कारण नेकपा नेतृत्वको सरकारले सस्ता नारा जनतालाई बेचेर अर्बाै कुम्लाउन तत्पर रहेकाले नेपाली कांग्रेस एकढिक्का भई जनतामाझ जानुपर्ने बताए ।

सांसद तिमलसिनाले लोकतन्त्रमा जनतानै सर्बसर्भा हुने भएकाले जनताले चुनेका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनै पर्ने,अन्यथा जनताले समयआएपछि पाखा लगाउने भएकाले कांग्रेसको नीति ,सिद्धान्तको पालना गर्दै जनताको सेवामा समर्पित हुन नेता,कार्यकर्तालाई आग्रह गरे ।

प्रदेश सभा सदस्य धनलाल ठोकरले नेपाली कांग्रेस जनताको घरघरमा पुगेर जनताको समूया बुझने काममा लाग्नुपर्ने धारणा राखे । उनले विपीको विचार र सिद्धान्त अहिलेपनि उत्तिनै सार्थक र समय शान्दर्भिक रहेकाले नेपाली कांग्रेसले आत्मसाथ गर्दै देश निर्माणमा जुटनुपर्ने बताए ।

बृक्षारोपण कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी,बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादव लगायत काग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg