रौतहट ३० भदौ
रौतहटमा जारी निषेधाज्ञा आंशिक रुपमा असोज एक गते बाट खुल्ला गरिने भएको छ।
क्याम्पस ,बिधालय ,मठ, मन्दिर ,मस्जिद ,खेल मैदान ,जिम हल ,सिनेमा घर बन्द रहने छन भने भिडभाड ,मेला महोत्सव, जुलुस गर्न नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
असोज १ गते बाट जिल्ला भित्र सार्वजनिक यात्रुबाहक सवारी साधन चल्न पाउने भएको छ ।
सवै किसिमका पसलहरु, बैक बितिय सस्था, सरकारी कार्यालयहरु खुल्ला हुने रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दीनु भयो ।
कार्यलयमा सेवा प्रवाह गर्दा , पसलहरुमा , सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य सुरक्षा अनिवार्य अपनाउन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।



