बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

१ असोज, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा.का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।
तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

त्यसको चार दिनपछि राष्ट्रपतिले गौतमलाई मनोनयन गरेकी हुन् । ‘उहाँ (गौतम) को मनोनयन भइसकेको छ । अब संघीय संसदलाई जानकारी गराउँछौं’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।


स्रोत अनलाइल खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles