चन्द्रपुर ।वनको जग्गा हडपेर प्लटिङ गरेको समचार जनसरोकार दैनिकको अन्लाईन पोर्ट्ल र छापामा प्रकाशन भएपछि डिभिजन वन कार्यालयले चासो देखाएको छ । मंगलबार कार्यालयले हातेमालो सामुदायिक वन र सब डिभिजन वन चन्द्रनिगाहपुर,६ लाई समाचारमा आएको वनको जग्गा कब्जा गर्ने गराउनेमाथी अनुसन्धान गरि कार्बाही गर्न पत्राचार गरेको हो । कार्यालयको पत्रमा सहायक वन अधिकृत रामवीर ठाकुरलाई सामुदायिक वनले हालसम्म वनको जग्गा फिर्ता गराउने र काटिएका रुखका बारेमा के कति कदम चालेको बुझी यथासिघ्र जवाफ पेस गर्न भनेको हो । दोषी जो कोहि भएपनी हातेमालो सामुदायिक वनको बिधान कार्ययोजना बमोजिम कार्बाही गर्न निर्देशन समेत दियको छ भने काम कार्बाही नगरेमा समूह र कर्मचारीलाई वन एन नियमावली अनुसार कार्बाही हुने पत्रमा जनाइएको छ ।


