चन्द्रपुरको जग्गामा भुमाफियाको ‘गिद्धेनजर’

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा एकपछि अर्काे जमिन हडप्ने शिलशिला चलेको छ । चन्द्रपुरमा रहेको वनको जमिनदेखी लिएर सार्वजनिक कुलो (पैनी) माथीबाट बाटो बनाइ जग्गा व्यवसायीले प्लटिङ गरी आर्थिक लाभ लिन केही भुमाफियाहरु सक्रिय भएर लागिपरेको स्थानीयले जानकारी दिएका छन् ।
केही साता अघिमात्र भुमाफियाले चन्द्रपुर ,६ मा वनकै जग्गा मिचेर जग्गा प्लटिङ गरेर बिक्री गर्ने सम्मको खेल खेलेका थिए । वडा नम्बर ६,बाल निकेतन बोर्डिङको दक्षिणतर्फ गरिएको प्लटिङमा बनको करिब ४ कट्ठा जमिन भु माफियाले कब्जा गरेर बाटो खोलेर बेचबिखन सम्म गर्ने कार्य भएका थियो ।

सो विषयमा समाचारहरु बाहिरिएपछि हाल सो जग्गा वनले रोकेको छ । एउटा जग्गा कब्जाको विषय सेलाउन नपाँउदै फेरी अर्काे जग्गा कब्जा गर्ने तयारीमा भुमाफिया जुटेका छन् । उनिहरुले चन्द्रपुर ४ स्थित सुन्दरबस्ति नजिकै रहेको कुलोसमेत भुमाफियाले आफ्नो बनाएर बेच्ने योजना समेत बनाएका छन् । चादी नदीको पानी कुलो बाट ल्याएर चन्द्रपुरका दक्षिणी भेगका खेत सिचाइ गर्न करिव ५ दशक अघिको पैनी निमार्ण गरीएको थियो । सोही पैनीको करीव ५० मिटर माथी बाट स्ल्याब राखेर बाटो बनाइ जग्गा व्यवसायीले बाटो नभएको जमिन घरेडी बनाउन लागेको सुचना पाएपछि स्थानियले बिरोध जनाएका छन् । २४ फिट भन्दा चौडाइ रहेको पुरानो सो पैनी साघुरीदै गएको अवस्थामा जमिन व्यवसायीले बाटो बनाउन लागेको भन्दै चन्द्रपुर नगरपालिकालाइ स्थानियले ध्यानाकर्षण समेत गराएका छन ।

चन्द्रपुर ४ र ५ को सिमानामा रहेको चिडियादह टोलको उतर सुन्दरबस्ति चौक को पस्चिम तर्फ एक मन्दिरको पछाडी रहेको जमिनमा बाटो पुर्याउन व्यवसायीले सिमानामा रहेको पैनी माथी बाट बाटो बनाउन प्रयास गरेका हुन । चन्द्रपुर ४ का वडा अध्यक्ष अमर बहादुर आलेले सार्वजनिक कुलो बाट बाटो बनाउन नदिने र नमिल्ने बताएका छन । यस्तै चन्द्रपुर नपाले गठन गरेको सार्वजनिक सम्पती छानविन एवम संरक्षण समितीका संयोजक काजीमान माझीले सो पैनीको जमिन पहिले देखी नै अतिक्रमण भएको पाइएकाले नापजाच गरी पैनी संरक्षण गर्ने जानकारी दिए । सार्वजनिक जमिन , पैनीहरुको अतिक्रमण भएका जमिनहरु नगरपालिकाले खोजी गरीरहेको र समिती समेत बनाएर काम भैरहेकाले त्यस्ता जमिनको संरक्षण गरी नगरपालिकाले सार्वजनिक हितका लागी प्रयोगगर्न नितीहरु बनाएर अगाडी बढ्ने चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरीले बताएका छन ।

जमिन व्यवसायीले सार्वजनिक पैनी माथीबाट बाटो बनाउन सहज बाताबरण बनाइदिन भन्दै बिभिन्न व्यक्तिहरु मार्फत जनप्रतिनिधीहरु लाइ फोन गराउने गरेको समेत बताइएको छ । पछिल्लो समय चन्द्रपुर नपाका बिभिन्न वडाहरुमा जग्गा व्यवसायीहरुले एैलानी , सार्वजनिक , पैनीकुलो को जमिनहरु अतिक्रमण गरी प्लटीङ गर्न थालेको भन्दै सरोकारवाला निकायहरुको ध्यानकर्षण गराउन थालेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles