चन्द्रपुर । लागु औषधसहित अफिम सहित दुई जना पक्राउ परेका छन । सोमबार विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट डिएसपी हेम बहादुर शाहीको कमाण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर न.पा.वडा नं.४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसर देखि जंगलसहिया जाने बाटोमा सर्लाहीको बागमती तर्फबाट बारा निजगढ न.पा.वडा नं.७ भवराटोल बस्ने बर्ष २३ का सोम बहादुर लामाले चलाई ल्याएको ना १६ प ७८२५ नं.को डिस्कभर मोटर साईकल रोकी चेकजाच गर्दा सो मोटर साईकलको पछाडी सवार रहेका सर्लाही बागमती न.पा.वडा नं.१२ बागमती वस्ने बर्ष ३० का दिल बहादुर थिङ्गले मोटर साईकलको बिच भागमा पोलिथिन झोलामा लागु औषध अफिम १ किलो ८०० ग्राम लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । पक्राउ परेका २ जनालाई लागु औषध ओसारपसार तथा बेचबिखन एन अनुसार कानुनी कार्य अगाडि बढाउने डिएसपी साहीले बताए ।


