गौर । रौतहटमा बुधबार राति एक युवतीको गोली हानी हत्या गरिएको छ । माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहकी १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गए राती गोली हानी हत्या गरेको रौतहट प्रहरीले जानकारी दिएको छ । राति ११ बजेको समयमा अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए । गोली लागेर युवतीको घटनास्थलमै मृत्यु भएको र घटनाको अनुशन्धान सुरु गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


