चन्द्रपुर/रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको सफल बचत तथा ऋण सहकारी संस्थाको १२ औ बार्षिक साधरण सभा सोमबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष देबकी नेपालको अध्यक्षतामा साधरण सभा सम्पन्न भएको हो । साधरण सभाको उदघाटन गदै प्रमुख अतिथि तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ९नेफ्स्कुन०का केन्द्रीय सदस्य घनश्याम अधिकारीले सहकारीलाइ स्तरीकरण गदै लैजानु पर्ने बताउदै शुभकामना दिनुभएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाको सहकारी शाखा प्रमुख चन्द्रकला बराल,रौतहट बचत तथा ऋण सहकारी संघका महासचिब देब बहादुर सापकोटा,सचिब बालकुमार लामा,कोषाध्यक्ष नरेन्द्र राना लगायतकाहरुले साधरण सभाको सफलताको शुभकामना दिनुभएको थियो ।
उक्त संस्थाले गत आर्थिक बर्षमा ८ करोड ९५ लाख बराबरको कारोबार गरेको संस्थाकी अध्यक्ष नेपालले जानकारी दिनुभएको छ । आउदो आर्थिक बर्षमा करिब ११ करोड बराबरको कारोबार गर्ने र २ हजार शेयर सदस्य बनाउने लक्ष्य साथ साधरण सभाबाट निर्णय भएको अध्यक्ष नेपालले बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष देबकी नेपालले अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष धु्रब सिग्देलले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । यसैबिच सोही साधरण सभामा संस्थाका ब्यबस्थापक थलानाथ सिग्देललाइ १२ बर्ष देखी निरन्तर संस्थाको हितमा काम गरेको भन्दै सम्मान पनि गरिएको थियो भने अतिथिहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम संस्थाका सदस्य गोबिन्द रामको संचालनमा सम्पन्न भएको थियो ।


