रौतहटमा कटुवा पेस्तोल सहित एक जना पक्राउ

रौतहट,०१ पुष

रौतहटमा कटुवा पेस्तोल सहित एक जनालाई प्रहरी ले पक्राउ गरेको छ ।विशेष सुचनाको आधारमा प्रहरीको गस्ती टोलीले जिल्लाको कटहरिया न.पा. वडा नं.७ बगही टोल मा एक जनालाई पक्राउ गरेको हो ।
सडकमा उत्तर मोहडा गरी खडा रहेको BR .30 W-4873 नं.को हिरो कम्पनीको स्पेलेण्डर मोटर साइकललाई संका लागी खानतलासी लिदा उक्त मोटर साइकलको सिट कभर भित्र १२ बोरको नल कटुवा बन्दुक लुकाई राखेको अवस्थामा फेला परेकोले जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । मोटर साइकल मा सवार बीस बर्ष को राजमहम्मद आलमलाई पक्राउ गरी रौतहट जिल्ला अदालत गौरबाट दिन ५ को म्याद थप गरी हातहतियार तथा खजना सम्बन्धि मुद्दामा चल़ाई अनुशान्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहट का डि.एस.पि भरत श्रेष्ठले जानकारी दिनु भयो ।पक्राउ परेका राजमहम्मद आलमलाई न्यायीक हिरासतमा राखिएको छ ।

# पेस्तोल # रौतहट # प्रहरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles