ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ध्यान कता…..

खसी चोर अझै पत्ता लागेन ,

जनसरोकार संवाददाता
रौतहट,०६ पुष

रौतहटको चन्द्रपुर नगरपालिका ७ स्थित बनबुहरी बाट तिन वटा खसी चोरी भएको छ । आइतबार राति घरको गोठमा भित्र चावि लगाएर राखेको अवस्थामा खसी चोरी भएको हो ।

बनबुहरी प्रहरी चौकी बाट करीव १०० मिटर धुरीमा रहको निरज बस्नेतको घरमा बाधेर राखेको अन्दाजी २० केजी भन्दा माथी तौल भएको तिन वटा खसी चोरी भएको हो । रातिको समयमा चिउरामा बिष मिलाई खसी चारी गरीएको स्थानियले अनुमान गरेका छन । यस भन्दा अघि पनि दशैका लागी राखिएको बनबुहरी प्रहरी चौकी नजीक रहेको साधुराम उप्रेतिको घरबाट ०२ वटा ,चन्द्रपुर ६ की ईश्वरी काफ्लेको एउटा ,चन्द्रपुर ८ का शुसील आचार्यको घरमा रहेको र अर्का वडा नंवर ४ घर भएका बद्री महतको अन्दाजी २४ किलोको एउटा खसी बाधेकै स्थान नजिकमा नै खसी काटेर आन्द्रा भुडी फालेर चोरी भएको थियो ।


यसरी एकै प्रकृतिका खसी चोरीका घटनाहरु श्रृङ्खलाबद्ध तरीकाले घट्दै जानुले प्रहरी प्रशासन र शान्ति सुरक्षामाथि चुनौति दिएको देखिएको स्थानिय महेस खनालको भनाई रहेको छ । गोठमा बाधेर राखेको खसी काटेर चोरी गर्ने चोरीमा संलग्नहरुको खोजि तिब्र रुपमा जारी रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles