गरुडा,०३ माघ । रौतहटको गरुडामा रहेको श्री बंशिराम अनाथलयमा खाध्यान्न सहयोग गरिएको छ । शनिवार चन्द्रपुर नगरपालिका वडा नं ४ घर भएका पत्रकार शिव पुरीका छोरी काजल पुरीको जन्म दिनको अवसरमा अनाथलयमा बस्ने बालबालिकाहरुका लागी एक महिनाको लागी पुग्ने चामल,दाल,नुन जस्ता खाध्यान्न सामाग्री सहयोग गरीएको छ ।
पत्रकार शिव पुरीका छोरी हाल पढाईको शिलशिलामा अमेरीकामा छिन्,जन्म दिनको अवसरमा अनाथलयमा रहेका भाई-बहिनिहरुको लागी आवश्यक खाध्यान्न सामाग्री सहयोग गरीदिनु हुन भने पछि सोहि अनुरुप सहयोग गरीएको रेब्न्ति खड्काले बताईन ।
यस भन्दा अघि अनाथ बालबालिकालाई न्यानो महसुस होस् भन्ने उद्देश्यका साथ १६ थान सिरक सहयोग गरीएको थियो ।

यस्तै पत्रकार पुरीले बिगत लामो समयदेखि अनाथलय लगाएत बिभिन्न मठ मन्दिर तथा गरिब विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् । अनाथलयका बालबालिकाहरुलाई समस्या भएको अवस्थामा पत्रकार पुरीले ठूलो राहत दिएको अनाथलयका ब्यवस्थापक ह्दय कुश्वाहले बताएका छन ।




