रौतहट बाट लागु औषध ट्याब्लेट सहित १ जना पक्राउ

रौतहट,१६ माघ रौतहट चन्द्रपुर १ बाट लागू औषध ट्याब्लेट सहित एक जनालाई प्रहरिले पक्राउ गरेको छ ।
बिहिवार साझ छ बजेको समयमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, विरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।
रौतहटको चन्द्रपुर न.पा.वडा नं.१ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने मंगलपुर चोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बागमती बाट चपुर तर्फ आउँदै गरेको सर्लाही बागमती न.पा.वडा नं.४ सुकदेव टोलका शेर बहादुर कुश्वारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कुश्वारले पल्सर मोटर चलाई आएको र शंका लागी चेकजाँच गर्दा निजले लगाएको ज्याकेट भित्र पछाडीको भागमा लुकाई छिपाई ल्याएको पोलिथिन झोलामा सात वटा प्याकेटमा २,१००।–Nitrazepam Tablets IP NITRAVET-10 लागु औषध फेला परेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डिएस पि लिलाराज लामिछाने ले बताए ।
पक्राउ परेका कुश्वारलाई सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरी न्यायीक हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles