भारतीय क्षेत्रबाट पशु–पंक्षि अयात बढे संगै निगरानी बढाईयो

रौतहट,२९ माघ
भारतीय बजारबाट पशु पंक्षि जन्य बस्तुहरुको आयातलाई निरुत्साहित गर्न सिमावर्ती क्षेत्रमा निगरानी जिल्ला प्रशासन कार्यालय रौतहटमा ५ बुंदे निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा पशु क्वारेन्टाइन कार्यालय विरगंजको कार्यालय प्रमुख सहितको पदाधिकारीहरुको रोहवरमा सिमावर्ती क्षेत्रबाट नेपालमा भित्रने पशु चौपाया, कुखुराको चल्ला लगायतको वस्तु माथि निगरानी गरी प्रवेश गर्नमा रोक लगाउन ५ बुंदे निर्णय गर्दै कडाईका साथ पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको हो ।पशु क्वारेन्टाइन कार्यालय विरगंजको चालु आर्थिक बर्ष २०७७÷०७८ स्वीकृत बार्षिक कार्यक्रम अनुसार सिमावर्ती क्षेत्रमा कडाई गरी पशु चौपाया प्रवेश गराउदा नियमित रुपमा क्वारेन्टाइन चेकजाँच गरेर मात्रै प्रवेश गर्नु दिन तथा कुखुराको चल्ला, हास सहित पशु पंक्षिहरुलाई निर्वाध रुपमा प्रवेश गर्न नदिन निर्णयहरु भएको बताइएको छ ।बर्डफ्ल्लु सम्बन्धी जनचेतना मुलक कार्यक्रम एवं सन्देशहरु स्थानीय रेडियोबाट प्रशारण गराउने, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट पशु चेक पोष्ट क्वारेन्टाइन औरैया, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, कुखुरा व्यवसायी संघको सहितको टोलीले नियमित रुपमा सिमावर्ती क्षेत्रमा रहेको पोल्ट्री फर्ममा राखिएको चल्ला सम्बन्धि कागजातहरु चेकजा“च गर्ने, सिमानाकाहरुको स्थानीय तहको पदाधिकारीहरु संग अन्तरक्रिया गरी सचेतना जगाउन लगायतको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
यसैगरी भारतको विभिन्न राज्यमा देखापरेको बर्डफ्लुलाई मध्यनजर गर्दै सिमावर्ती क्षेत्रमा निगरानी बढाउनको साथै कुखुराको चल्ला, फुल लगायतको सामानहरु ल्याउनमा पूर्ण प्रतिबन्ध लगाउने यदी प्रवेश गरेको खण्डमा पक्राउ परेको खण्डमा पशु ऐन २०५५ र पशु सेवा नियमावली २०५६ अनुसार पशु पंक्षिलाई नष्ट गरी मानिसलाई दण्ड जरिवाना गर्ने निर्णयहरु भएको हु“दा सोको पूर्ण रुपमा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएको उनले स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles