सङ्क्रमणबाट थप तीन जनाको मृत्यु, ९६ मा पुष्टी


काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ५८ पुगेको छ । साथै थप ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार १६६ पुगेको छ । थप तीन हजार ५४१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ३१ हजार ३३० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६९ हजार ५०५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।पछिल्लो २४घण्टामादेशभर १११ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।हाल देशभर एक हजार ६०३ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ७१ सङ्क्रमित क्वारेन्टिनमा छन् ।देशभर ७४ सङ्क्रमित सघन उपचार कक्ष र भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles