चन्द्रपुर नगरपालिका ३–० गोलले पराजित


काठमाडौं,राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलले हरायो। चार जना क्यामरुनका खेलाडीको साथ पाएको वालिङले सानदार प्रदर्शन गरेको थियो। वालिङको जितमा हिमा राउत, मेथो रुथ र अमिता कार्कीले गोल गरे। अमिता कार्की प्लेयर अफ दी म्याच घोषित भइन्। उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।जितसँगै १७ अंक बनाएको वालिङ तेस्रो स्थानमा छ। नौ अंक बनाएको चन्द्रपुरले छैटौं स्थानमा रहँदै लिग सकेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक आयोजना गरेको महिला डबल लिगको उपाधि भने दुई खेलअगावै विभागीय टोली एपीएफ क्लबले जितिसकेको छ।

अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब पनि एक खेलअगावै उपविजेता बनिसकेको छ। शुक्रबार अन्तिम खेलमा एपीएफ र आर्मीले प्रतिष्ठाको खेल खेल्नेछन्। सात टोली सहभागी लिगमा १६ अंक बनाएको विराटनगर चौथो र १५ अंक बनाएको नेपाल पुलिस क्लब पाँचौं स्थानमा छ। पुलिस र चौदण्डीगढी नगरपालिकाले शुक्रबार अन्तिम खेल खेल्दै छन्। चौदण्डीगढी नगरपालिकाले खाता खोल्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles