गुजरामा एकैदिन ५ बाटोमा पि.सी.सी ढलानको शिलान्यास

गुजरा / रौतहटको गुजरा नगरपालिकामा सोमबार एकै दिन ३ वटा पि.सी.सी ढलान बाटोको शिलान्यास गरिएको छ । गुजरा नगरपालिका वडा न.५ स्थित सोनर्वाडि टोल हरिहरपुरमा ११/११ लाख रुपैंया बराबरको पि.सि.सी ढलान बाटोको शिलान्यास गरिएको छ भने ६ नम्बर वडाको खतबहियामा ३ वटा बाटोमा २१ लाखको लागतमा पिसीसी ढलानको शिलान्यास गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत बिनोद कुमार जयसवालले जनसरोकारलाई जानकारी दिनुभयो ।

करिब ४२ लाख बराबरको बाटो ढलान गर्ने योजनाको गुजारा नगरपालिकाका मेयर सन्तलाल चौधरी, उपमेयर रौशन शेख खातुन र प्रशासकीय अधिकृत जयसवालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा प्रशासकिय अधिकृत बिनोद कुमार जयसवाल,५ नम्बरका वडा अध्यक्ष अध्यक्ष मो.आरिफ मिया दर्जी,कार्यपालिका सदस्य पुनित राम, वडा सदस्य समाजसेवि नथुनी माझी, बिनोद माझि, बुद्धिजीवी भरभलादमी तथा अगुवा नेताहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles