गौर। रौतहटमा सनिबार चट्याङ लागेर एकको मृत्यु भएको छ । परोहा नगरपालिका २ जिगडवा वेलबिछुवा वस्ने वर्ष ३५ को शेख जमसैदको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आफ्नो घर भन्दा बाहिर बसिरहेका जमसैद अचानक चट्याङ लागि घाईते भएको र निजको आफन्तले सुकदेवचोक स्थित शिदर्शन हस्पिटलमा उपचारका लागी लगेपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।


