सामाजिक सुरक्षा कोष विरुद्ध चन्द्रपुरका बैंक कर्मचारीहरु सडक आन्दोलनमा

चन्द्रपुर । सामाजिक सुरक्षा कोष विरुद्ध रौतहटको चन्द्रपुरका बैंकका कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरू पूरा नगरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बैंकिङ कर्मचारीहरु बताउँछन् । बुधबार बिहान चन्द्रपुरका बैंकका कर्मचारीहरुले प्ले कार्ड सहित सडकमा प्रदर्शन गरेको एभरेस्ट बैंकका शाखा प्रबन्धक राजिब सिग्देलले जानकारी दिए । कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् । विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएको सिग्देलले बताए ।
आईएल्ओ अभिसन्धि १९४९ ९नं /९८०, नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको तथा खाइपाई आएको सेवासुविधा घट्ने र तीन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रनु परेको बैंक कर्मचारीको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles