विरगंज भन्सारबाट ४२ अर्बको खाद्यान्न आयात

वीरगंज–एक वर्षमा वीरगञ्ज नाका भएर करिब ४२ अर्बको धान, चामल र गेडागुडी आयात भएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा वीरगञ्ज नाका भएर ४१ अर्ब ९३ करोड ३९ लाख ५५ हजार ५४७ रुपिया“को धान, चामल र गेडागुडी आयात भएको हो ।
वीरगञ्ज नाकामा रहेका वीरगञ्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङक अनुसार भारत तथा तेस्रो मुलुकबाट उक्त परिमाणको धान,चामल,गहु,मकै,भटमास,फापर, कोदो, चना,केराउ,बोडी र सिमीका गेडालगायतका खाद्यान्न आयात भएको देखिन्छ ।
आर्थिक वर्ष २०७७÷७८ मा वीरगञ्ज भन्सार भएर १८ अर्ब १६ करोड ४८ लाख ३८ हजार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार भएर २३ अर्ब ७६ करोड ९१ लाख १७ हजार ५४७ रुपिया“को खाद्यान्न आयात भएको हो ।
आयातमा सबैभन्दा बढी आठ अर्ब ८१ करोड ४७ लाख ६९ हजार १९८ रुपिया“को ३० लाख ३४ हजार ९६२ मेट्रिक टन धान, ५८ हजार ८९५ मेट्रिक टन चामल, ६४ हजार ७१० मेट्रिक टन गहु, एक लाख चार हजार २१५ मेट्रिक टन भटमास, सात लाख चार हजार ३८८ मेट्रिक टन मकै, ८० हजार १४७ मेट्रिक टन केराउ, ५३ हजार ७७२ मेट्रिक टन सिमी, ६२ हजार ७०६ मेट्रिक टन चना, १३ हजार ५५६ मेट्रिक टन फापर र कोदो वीरगञ्ज नाकाबाट भित्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles