केटी भगाएको बिषयमा कुटपिट

बृन्दावन–रौतहटको बृन्दावन नगरपालिकामा केटी भगाएको बिषयलाई लिएर कुटा कुट भएको छ ।
सहनीको छोराले यादवको छोरी भगाएको बिषयमा स्थानीयले सहनीहरु माथि कुटपिट गरेका हुन ।
केटी भगाएको बिषयमा बृन्दावन नगरपालिकाको बौहरी गा“उका स्थानीयले केही सहनीको घरमा आगजनी गर्नुका साथै सहनीहरु माथि कुटपिट गरेको स्थानीयले बताए । एक स्थानीय यादव परिवारकी छोरीलाई सहनी परिवारका केटाले भगाएको बिषयमा गा“उमा उत्पात मच्चिएको छ । गत जेठ २ गते केटी भगाएको बिषयलाई लिएर केही दिन पहिला बौअरीमा रहेका सहनी परिवार माथि आक्रमण भएको थियो । केटी नल्याए सम्म आफुहरुले गा“उमा सहनीहरुलाई बस्न नदिने भन्दै कुटपिट भएको स्थानीयले बताएकाछन् ।
केटाले केटी भगायो कहा लग्यो थाहा भएन ,तर हामीलाई गा“उमा बस्ने बातारबण भएन स्थानीय जयराम सहनीले भने । केही निद पहिला सोही बिषयमा बौहरी गाउका भएको कुटाकुटामा केही सहनी परिवार सदस्य घाईते भएकाछन् । उनीहरुले आफुहरु गा“उमा बस्ने बाताबरण नभएको भन्दै बिभिन्न निकायमा उजुरी समेत दिएकाछन् ।
यादव परिवारले केटी नल्याए सम्म आफुहरुले सहनी परिवारलाई गाउमा चैन संग बस्न नदिने भन्दै उनीहरुको घरमा आगजनी समेत गरेकाछन् । अहिले सहनी परिवार गा“उ छाडेर भागाभागको अवस्थामा रहेकाछन् ।
ईलाका प्रहरी कार्यलय गरुडाले आफुले दुबै पक्षलाई मिलाउने प्रयास गरेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles