जनकपुर–पूर्वमन्त्री राजेन्द्र महतोले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् ।
जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए ।
सञ्चारकर्मीस“ग कुराकानी गर्दै महतोले नागरिकता अध्यादेश ल्याए पनि अदालत बेइमान भएपछि कार्यान्वयन नभएको बताए । हामीले अध्यादेश ल्यायौं, तर अदालतले उल्टो काम गरिदियो उनले भने । उपेन्द्र यादव १८ महिना सरकारमा रहदा यी कामहरु गर्न नसकेको उनको भनाइ छ । उपेन्द्रजीले चार पटक प्रयास गरे पनि गर्न नसकेको काम हामीले एकै पटकमा गरेका छौं,उनले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी रहेको र उनी मधेसको पक्षमा आएपछि सहयोग गरेको उनले प्रष्टीकरण दिए ।
आफूहरुले गरेका कामलाई अब सरकारमा जान लागेका उपेन्द्र यादवले पूरा गरेर देखाइदिनुपर्ने उनले बताए । हामीले शुरुवात गरेका कामहरु गर्नुप¥यो नि,महतोले भने,संसद आयो । नागरिकता विधेयक संसदबाटै पारित होस्, संविधान संशोधन होस् र रेशम चौधरी सहितलाई रिहा गराइयोस् ।
दुई पार्टीको एकतालाई केही व्यक्तिले टिक्न नदिएको आरोप लगाउ“दै उनले भने,हाम्रै मित्रले एक ठाउ“मा बस्न नमिल्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभयो । र, आयोगले दुई ठाउ“मा बस्न भनिदियो । यसको मूल्यांकन जनताले गर्नेछन् ।
अब नया“ पार्टी खोल्ने कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा महतोले नया“ पार्टी खोल्नै नपर्ने बताए । जसपा दुई पार्टी मिलेर बनेको थियो । दुईवटा पार्टी नै रहने उनले बताए । पार्टीको नाम जसपा, राजपा जे राख्दा पनि हुने उनले बताए ।


