रौतहट–रौतहटको पुर्व पश्चिम राजमार्ग अन्र्तगत धनसर पुलमा सुमो र मोटरसाईकल एकआपसमा ठोकिदा एक जना गम्भिर घाईते भएको छ ।
गत शुक्रबार काठमाण्डौबाट सर्लाहीको मलंगवा तिर गईरहेको ना. १ ज ३५२६ नम्बरको सुमोले ना.६५ प १४७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । गम्भिर घाईते भएका ३१ बर्षिय जनक अधिकारी बाग्मतिबाट बाराको डुमरबाना आफ्नो घर जादैगर्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भिर भएका अधिकारीको टाउको र खुट्टामा चोटलागेको चन्द्रपुर हस्पिटलले जानकारी दिएको छ ।
दुर्घटना भए लगतै अधिकारीलाई चन्द्रपुर हस्पिटलमा सामान्य उपचार गराई बिएनबी काठमाण्डौ रेफर गरेको चन्द्रपुर हस्पिटलका डा.शुभाष चौधरीले जानकारी दिएको छ ।


