बालुवाटारमा शिक्षकहरु आन्दोलन उपाध्यक्ष सहित सयौं पक्राउ

काठमाडौं –नेपाल शिक्षक महासंघले अधिकार,कर्तव्य संगै विभिन्न चौतिस बुदे माग राखेर बिगत चार दिन देखि आन्दोलनरत छन्। आन्दोलनको चौथो दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका उपाध्यक्ष बिमला भण्डारी सहित सयौं शिक्षक शिक्षिक पक्राउ परेका छन्।

विभिन्न शिक्षकहरुको भातृसंघठनको छाता संघठन नेपाल शिक्षक महासंघका केन्द्रिय अध्यक्ष पुर्ण प्रसाद दवाडीको नेतृत्वमा आयोजना गरिएको धर्ना कार्यक्रममा नेपाल शिक्षक संघ काठमाडौं जिल्ला क्षेत्र नं.३ गोकर्णेश्वर नगर समितिको अर्थ सचिव रेखा अर्याल र दुर्गा खनाल सामन्य घाइते समेत भएका छन्।
बिगतमा भएको ३२ बुदे माग कार्यवयन हुनुपर्ने माग सहित आन्दोलनरत शिक्षक महासंघ नेपालका सयौं जना पक्राउ परेका छन्।पक्राउ परेकाहरु लाई प्रहरी बृत मालीगाउँ र महेन्द्र पुलिस कल्बमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles