प्रदेश २ मै उत्कृष्ट सहकारी ब्यवस्थापक बने प्रसाईं

चन्द्रपुर । चन्द्रपूर नगरपालिका ४ स्थित नव विकास साकोसको व्यवस्थापक यज्ञ प्रसाद प्रसाई नेफ्सकुनको ३४ औ स्थापना दिवसको अवसरमा प्रदेश नं. २ को उत्कृष्ट व्यवस्थापक घोषित हुनुभएको छ ।
२०६५ साल मंसिर १० गते विधिवत रुपमा दर्ता भई समुदायमा आधारित सदस्यहरुको मन जित्न सफल नव विकास साकोसका ब्यस्थापक प्रसाईले जिम्मेवारी सम्हालेदेखि संस्था र सेयर सदस्यको मन जित्दै आफ्नो कार्यभार इमानदारीताका साथ सम्हाल्दै आउनु भएको छ । उहाँ ब्यवस्थापकमा नियुक्त भएदेखि संस्था लगातार सम्मानित हुदै आएको र २०७४ मा नेफ्सकुन द्धारा प्रतिस्पादीत पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोवेशन ब्राण्ड प्राप्त गरी २०७५ र २०७६ मा पून नेपाल स्ट्यान्डर ब्राण्ड नविकरण गरि प्रदेश नं. २ को एक मात्र एसियाली स्ट्यान्डरमा सहभागी हुने सहकारीको निति विधि र प्रविधि मैत्री साकोस निर्माणका लागि अनवरत रुपमा विगत १० वर्ष देखि व्यवस्थापक पदमा कार्यरत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles