फिल्म निर्माण र निर्देशनमा फर्किदै लामा

एजेन्सी–एक समय फिल्म निर्माण, निर्देशन र अभिनयमा सक्रिय व्यक्ति हुन्, युवराज लामा ।
मन मन्दिर, कन्यादान, जीवन संघर्ष, देश परदेश, माउते दाई, प्रतिज्ञा, दुलहा राजा दुलही रानी, खेलौना, गोरेटो लगायतका फिल्मको निर्माण र निर्देशन गरेका उनले दुई दर्जन बढी फिल्ममा सशक्त अभिनय पनि गरेका छन् । उनलाई आज पनि दर्शकले फिल्म देउताको निमा भनेर चिन्ने गर्दछन् ।
फिल्म धर्मात्मा पछि फिल्म निर्माण र निर्देशनबाट टाढा भएकाले उनी एक वर्ष चलचित्र विकास बोर्डमा आवद्ध भए । त्यसैबेला नेकपा माओवादीमा प्रवेश गरेका उनले चार वर्ष राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी पनि सम्हाले । ०७२ सालपछि होटल तथा पर्यटन व्यवसायमा लागेका उनले डेढ दशकपछि फिल्म निर्माण र निर्देशनमा कमब्याक गर्ने भएका छन् ।
लामाले फेसबुकमार्फत फिल्म निर्माण र निर्देशनमा आफूले दोस्रो इनिङ सुरु गर्न लागेको जानकारी दिएका हुन् । उनले लेखेका छन्,कथा भेटियो, आईतबारबाट वान लाइनर लेख्न सुरु गरे ।
सकिने वितिक्कै पठकथा अनि संवाद लेख्न सुरु गर्ने विचारमा पुगियो । विभिन्न जिम्मेवारी र अभियानको कारण विश्राम लिएको चलचित्र निर्माण र निर्देशनमा दोस्रो इनिङ पुनः प्रवेश गर्ने प्रयास हुदै ।
कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई जोगाउन आफू फिल्म निर्माण र निर्देशनमा फर्किन लागेको उनले बताएका छन् । उनी आफू शुन्यबाट उठ्न लागेका कारण शुन्यमा रिक्स नहुने बताउछन् । अब बन्ने फिल्मको विषयवस्तु मानिसको पोजेटिभ र नेगेटिभ मनोविज्ञानमाथि आधारित हुने उनले बताए । युवराज लामाले पछिल्लो पटक फिल्म सरौतोमा अभिनय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles