गौर–रौतहटको गौरमा अध्यादेश विरुद्ध विरोध प्रदर्शन गरेका छन ।
सरकारले जारी गरेको अध्यादेश विरुद्ध राष्ट्रिय युवा संघ नेपालले विरोध प्रर्दशन गरेको हो । राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेपछि देशभर विरोध प्रर्दशन हुन थालेको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटिले रौतहटले अध्यादेशको विरोधमा प्रर्दशन गर्नु परेको जनाएको छ । राजनितिक दल सम्बन्धी सो अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ ।अध्यादेश चाहिदैन, पार्टि फुटाउन पाइँदैन भन्ने मुख्य नाराका साथ युवाहरुले गौरमा मोटरसाइकल र्याली समेत गरेका छन । गौरको बिपि चोकबाट शुरु भएको मोटरसाइकल र्याली गौर नगरपालिका परिक्रमा गरि सम्पन्न भएको छ । कोरोना भाइरसबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय रौतहटले सबै किसिमको सभा, जुलु प्रर्दशनमा बन्देज लगाएको भएतापनि पनि राष्ट्रिय युवा संघ नेपाल रौतहटले उक्त आदेशको उल्लंघन गर्दै प्रर्दशन गरेको हो ।


