चन्द्रपुर–रौतहटको जनज्योती क्याम्पस चन्द्रनिगाहपुरमा अध्ययनरत एक छात्रा मृगौलारोग बाट पिडित भएकी छिन ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १० घर भएकी सिमा कुमारी चौधरी केही महिना अघिदेखी मृगौला रोग बाट पिडित थिईन् । उनी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनको सदस्य समेत हुन ।
सिमा को उपचारमा सवैले साथ र सहयोग गरीदिन जनज्योती बहुमुखी क्याम्पसका स्ववियू का सम्पुर्ण पदाधकारीहरुले समेत आग्रह गरेका छन ।
उपचारमा आर्थिक अभाव भएको भन्दै उनको बुवा ललित किशोर धामीले सवै संग सहयोगको अपेक्षा गरेका छन ।


